काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले संघर्षपूर्ण जित निकालेको छ ।
आइतबार भएको खेलमा युभेन्ट्सले साम्पडोरियाविरुद्ध ३-२ को संघर्षपूर्ण जित निकालेको हो ।
युभेन्ट्सको मैदानमा पाउलो डिबलाले दशौँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, डिबला चोट बोक्दै २१ औ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
खेलको ४३ औं मिनेटमा लियोनार्डो बोनुचीले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई २-० को अग्रता दिलाए ।

४४ औं मिनेटमा माया योसिडाले गोल गर्दै साम्पडोरियालाई २-१ को स्थितिमा ल्यायो ।
खेलको ७८ औं मिनेटमा म्यानुएल लोकाटेलीले गोल गर्दा युभेन्ट्स ३-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ८३ औं मिनेटमा साम्पडोरियाका एन्टोनियो कान्ड्रेभाले एक गोल फर्काएपनि युभेन्ट्स ३-२ ले विजयी भयो ।
यस जितसँगै युभेन्ट्सले ६ खेलमा ८ अंक जोडेको छ । युभेन्ट्स नवौं स्थानमा रहेको छ ।
साम्पडोरिया ५ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।