काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर सिटीका पूर्व मिडफिल्डर समिर नासरीले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
आर्सनलका पूर्व मिडफिल्डर समेत रहेका नासरीले आइतबार ३४ वर्षको उमेरमा सन्यास घोषणा गरेका हुन्।
फ्रान्सका मिडफिल्डर नासरीले सिटीका लागि दुई प्रिमियर लिग र एक लिग कप उपाधि जितेका थिए । उनले सिटीका लागि २०११ देखि १७ सम्म खेलेका थिए ।
त्यसअघि उनले २००८ देखि २०११ सम्म आर्सनलबाट खेलेका थिए ।
नासरीले २०१९/२० को सिजन बेल्जियमको क्लब एण्डरलेच्टबाट खेलेका थिए ।
नासरीले फ्रान्सका लागि ४१ खेलमा ५ गोल गरेका थिए ।
उनले वेस्ट ह्याम र मार्सेलीबाट समेत खेलेका थिए ।
एन्टी डोपिङ नियम तोडेको भन्दै नासरीलाई फिफाले २०१८ मा १८ महिनाको प्रतिबन्ध गरेको थिए ।