काठमाडौं । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको लागि नेपाली टिमको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका छन् ।
नेपालले घोषणा गरेको टिमबाट दुई खेलाडी बाहिरिएका छन् । गोलकिपर विकेश कुथु र राजन गुरुङ टिमबाट बाहिरिएका छन् ।
साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छन् । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन्।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ।
नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।
पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्ने छन्।
नेपालले अहिलेसम्म साफको फाइनल खेलेको छैन ।
नेपाली टिम :
किरण कुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरज ज्यु ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल,आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा, रोहित चन्द