काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब न्युरोड टिम एनआरटीले डिफेन्डर शिव गुरुङलाई अनुबन्ध गरेको छ ।
चार पटकको च्याम्पियन एनआरटीले आइतबार शिवलाई अनुबन्ध गरिएको जनाएको छ ।
एनआरटीले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि शिवलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।
शिवले यस अघि बाँसबारी क्लबबाट बी डिभिजन लिग खेलेका थिए ।
शिव बी डिभिजन लिगमा उत्कृष्ट डिफेन्डर चुनिएका थिए ।
एनआरटीले यस अघि मिडफिल्डर दिपेश घले, फरवार्ड रन्जन विष्टसहित दुई अफ्रिकन खेलाडी मोसुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्ध गरिसकेको छ ।
