काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार आठौं जित निकालेको छ ।
शनिबार राति भएको खेलमा मोप्लिएरलाई २-० गोल अन्तरले पराजित गर्दै पीएसजीले जितको यात्रालाई कायम राखेको हो ।
घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन इद्रिसा गुइए र जुलियन ड्राक्सलरले एक एक गोल गरे ।
खेलको १४ औं मिनेटमा इद्रिसाले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा जुलियनले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।

यस जितसँगै पीएसजीले ८ खेलमा ८ जितसहित २४ अंक जोडेको छ ।
पीएसजी शीर्ष स्थानमा रहेको छ ।
मोप्लिएर ९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।