बिहिबार, असोज ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. गिलका उपकप्तान जाडेजा

गिलका उपकप्तान जाडेजा

२०२५ सेप्टेम्बर २५, बिहिबार

गिलका उपकप्तान जाडेजा

काठमाडौं। एसिया कप सकिएलगत्तै भारतले वेस्ट इन्डिजविरुद्ध दुई टेस्टको सिरिज खेल्ने भएको छ।

सो सिरिजका लागि अजीत आगरकर नेतृत्वको छनोट समितिले टोली घोषणा गरेको छ। यसै सिरिजमार्फत शुभमन गिल पहिलो पटक घरेलु मैदानमा कप्तानी गर्नेछन्।

घोषित टोलीमा रवीन्द्र जाडेजालाई उपकप्तान बनाइएको छ। नियमित उपकप्तान ऋषभ पन्त खुट्टाको चोटका कारण बाहिर रहेपछि जाडेजाले उक्त भूमिका निभाउने भएका हुन्।

इङ्ल्यान्ड भ्रमणमा निराशाजनक प्रदर्शन गरेपछि करुण नायर टोलीबाट बाहिरिएका छन्। त्यस्तै, अघिल्लो सिरिजमा रहेका अभिमन्यु ईश्वरनले पनि स्थान बनाउन असफल भए। तर, दुलीप ट्रफी र अस्ट्रेलिया ‘ए’ विरुद्ध राम्रो प्रदर्शन गरेपछि देवदत्त पाडिकल टोलीमा फर्किएका छन्।

आगरकरका अनुसार तेस्रो ओपनरको आवश्यकता नरहेकाले ईश्वरनलाई नछानिएको हो। सरफराज खानबारे सोध्दा उनले अझै पूर्ण फिटनेसमा फर्किन बाँकी रहेको बताए। उनले भने,‘इङ्ल्यान्ड सिरिजमा नायरबाट अपेक्षा निकै थियो। तर, उनले चार टेस्टमा जम्मा एक अर्धशतक मात्र बनाए। त्यसैले उनी भारतका लागि अन्तिम टेस्ट खेलेको मान्न सकिन्छ।’

यसबीच सबै अड्कलबाजीलाई गलत साबित गर्दै जसप्रित बुमराह टोलीमा फर्किएका छन्। ‘वर्क लोड म्यानेजमेन्ट’को चिन्ता भए पनि उनले दुवै टेस्ट खेल्ने इच्छा व्यक्त गरेको आगरकरले जनाए। तर, एजबस्टनमा दोस्रो टेस्टमा १० विकेट लिएर भारतलाई राहत दिलाए आकाशदीप सिंह भने १५ सदस्यीय टोलीमा पर्न सकेनन्। बुमराहसँगै मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले तीव्र गतिको बलिङ विभाग सम्हाल्नेछन्।

सिरिजको पहिलो टेस्ट अक्टोबर २ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ। दोस्रो टेस्ट अक्टोबर १० देखि अरुण जेटली स्टेडियममा खेलिनेछ।

भारतको टोली :

शुभमन गिल (कप्तान), यशस्वी जैसवाल, केएल राहुल, साई सुदर्शन, देवदत्त पाडिकल, ध्रुव जुरेल (विकेटकिपर), रवीन्द्र जाडेजा (उपकप्तान), वाशिंगटन सुन्दर, जसप्रित बुमराह, अक्षर पटेल, नितिशकुमार रेड्डी, एन. जगदीशन (विकेटकिपर), मोहम्मद सिराज, कुलदीप यादव र प्रसिद्ध कृष्णा।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

वरीयतामा सन्दीपभन्दा ललित अगाडि

वरीयतामा सन्दीपभन्दा ललित अगाडि

मुस्ताफिजुरको १५० औं विकेट पूरा

मुस्ताफिजुरको १५० औं विकेट पूरा

एरिकासहित करातेका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

एरिकासहित करातेका अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित

Bhat Bhateni
गिलका उपकप्तान जाडेजा

गिलका उपकप्तान जाडेजा

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नियुक्त

वरीयतामा सन्दीपभन्दा ललित अगाडि

वरीयतामा सन्दीपभन्दा ललित अगाडि

कम उमेरका कारण यमलले बालोन डी’ओर जित्न सकेनन् !

कम उमेरका कारण यमलले बालोन डी’ओर जित्न सकेनन् !

सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबर २६ मा

सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबर २६ मा

‘मल्टिगोल’ खेलका खेलाडी मेसी

‘मल्टिगोल’ खेलका खेलाडी मेसी

फाइनलमा पाकिस्तान र बंगलादेशलाई कुरिरहेको भारत

फाइनलमा पाकिस्तान र बंगलादेशलाई कुरिरहेको भारत

होर बन्यो पीएमएनएस च्याम्पियन

होर बन्यो पीएमएनएस च्याम्पियन