सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबर २६ मा

काठमाडौं। क्लब फुटबलको सबैभन्दा रोमाञ्चक खेल ‘एल क्लासिको’ हो। स्पेनका दुई ठूला टोली बार्सिलोना र रियल मड्रिडबीचको यो भिडन्त हरेक उच्च–भोल्टेज खेललाई छाडेर चर्चित हुन्छ। ला लिगाको नयाँ सिजनको तालिका सार्वजनिक भएसँगै दर्शकहरूको ध्यान सधैं एल क्लासिकोमा जान्छ।
सिजन २०२५–२६ को पहिलो एल क्लासिको अक्टोबर २६ मा हुनेछ। सान्टियागो बर्नेबाउमा हुने यो खेल स्थानीय समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ।
गत सिजनमा बार्सिलोनाले चारवटा क्लासिकोमध्ये सबैमा जित हात पार्दै रियललाई पराजित गरेको थियो। ला लिगामा ४–०, सुपर कपको फाइनलमा ५–२, कोपा डेल रे फाइनलमा ३–२ र सिजनको अन्तिम क्लासिकोमा ४–३ को फराकिलो गोल अन्तरले विजयी भएको थियो। यसरी बार्सिलोनाले दोस्रो पटक कुनै सिजनमा सबै क्लासिको जितेको कीर्तिमान राखेको छ।
हालको अवस्थामा रियल ६ खेलमा १८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना १३ अंकसहित दोस्रो स्थानमा छ। आगामी बिहीबार (सेप्टेम्बर २५) ला लिगाको हालका च्याम्पियन बार्सिलोना रियल ओभेइदोविरुद्ध खेल्नेछ।







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



