काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा लिभरपुल ब्रेन्टफोर्डसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
ब्रेन्टफोर्डको मैदानमा भएको रोमान्चक खेलमा सुरुवाती अग्रता घरेलु टोलीले बनाएको थियो ।
खेलको २७ औं मिनेटमा इथान पिन्नोकले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए ।
३१ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ५४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । यससँगै सलाहले लिभरपुलका लागि १०० औं प्रिमियर लिग गोल समेत पूरा गरेका छन् ।
खेलको ६३ औं मिनेटमा भिटाली जनेल्टले गोल गर्दै ब्रेन्टफोर्डलाई २-२ को बराबरीमा ल्याए ।
खेलको ६७ औं मिनेटमा कुर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई ३-२ को अग्रता दिलाए ।
तर, खेलको ८२ औं मिनेटमा योएनी विसाले गोल गर्दै ब्रेटफोर्डलाई ३-३ गोलको बराबरीमा फर्काए । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

यस बराबरीसँगै लिभरपुलले ६ खेलमा १४ अंक जोडेको छ ।
लिभरपुल शीर्ष स्थानमा रहेको छ ।
ब्रेन्टफोर्ड ९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
