काठमाडौं । इटालियन सिरी ए फुटबलमा साविक विजेता इन्टर मिलान बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा इन्टरले एट्लान्टासँग २-२ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा लाउटरो मार्टिनेजले पाँचौं मिनेटमा गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, ३० औं मिनेटमा रुस्लान मलिनोभास्कीले गोल गर्दै एट्लान्टालाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ३८ औं मिनेटमा राफायल टोलीले गोल गर्दै एट्लान्टालाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७१ औं मिनेटमा एडिन जेकोले गोल गर्दै इन्टरलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै इन्टरले ६ खेलमा १४ अंक जोडेको छ ।
इन्टर लिगको तेस्रो स्थानमा रहेको छ ।
एट्लान्टा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
