काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभरटनले सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा एभरटनले नरविच सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
एभरटनको जितमा एन्ड्रोस टाउनसेन्ड र अब्दुलाए डुकुरेले एक एक गोल गरे ।
खेलको २९ औं मिनेटमा टाउनसेन्डले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा डुकुरेले गोल गर्दै एभरटनलाई २-० को जित दिलाए ।
यस जितसँगै एभरटनले ५ खेलमा १३ अंक जोडेको छ । एभरटन पाँचौं स्थानमा रहेको छ ।
नरविच अंक विहीन रहदै पुछारमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै लेस्टर सिटीले बर्नलीसँग २-२ गोलको बराबरी खेलेको छ ।
वेस्ट ह्यामले लिड्सलाई २-१ ले पराजित गर्दा वाट्फोर्ड र न्युकासलले १-१ गोलको बराबरी खेलेको छ ।