काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले जित निकालेको छ ।
शनिबार भएको खेलमा मिलानले स्पेजियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
मिलानको जितमा डानियल माल्दिनी र ब्राहिम डियाजले एक एक गोल गरे ।
स्पेजियाका डानिली भर्डेले एक गोल फर्काए ।

यस जितसँगै मिलानले ६ खेलमा १६ अंक जोडेको छ।
मिलान शीर्ष स्थानमा उक्लिएको छ ।
स्पेजियाले ६ खेलमा ४ अंक जोडेको छ ।
