काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एटलेटिको मड्रिड पराजित भएको छ।
शनिबार भएको खेलमा एटलेटिको डिपोर्टिभो एलाभेससँग १-० गोल अन्तरले पराजित भएको हो।
एलाभेसको जितमा भिक्टर लागर्डियाले निर्णायक गोल गरे । उनले खेलको चौंथो मिनेटमा गोल गरेका थिए ।
यस हारसँगै एटलेटिकोले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
एटलेटिकोले ७ खेलमा १४ अंक जोडेको छ । एटलेटिको दोस्रो स्थानमा रहेको छ ।
एलाभेसले ६ खेलमा ३ अंक जोडेको छ । एलाभेसको यो पहिलो जित हो ।
अर्को खेलमा भ्यालेन्सियाले एथ्लेटिक बिल्बाओसँग १-१ गोलको बराबरी खेलेको छ ।