काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड पराजित भएको छ ।
शनिबार भएको खेलमा युनाईटेड एस्टन भिल्लासँग १-० गोल अन्तरले पराजित भएको हो।
युनाईटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमै पराजित भएको हो ।
एस्टनलाई जित दिलाउन कोर्टने हाउसले निर्णायक गोल गरे ।
उनले खेलको ८८ औं मिनेटमा गोल गरेका हुन् ।
खेलको इन्जुरी समयमा युनाईटेडका ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्न सकेनन् ।

यस जितसँगै एस्टनले ६ खेलमा १० अंक जोडेको छ ।
एस्टन सातौं स्थानमा रहेको छ ।
युनाईटेडले ६ खेलमा १३ अंक जोडेको छ ।
युनाईटेड चौंथो स्थानमा रहेको छ ।