• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
माछापुच्छ्रे र अन्नपूर्णको काखमा 'क्रिकेट'
खेलपाटी संवाददाता
सोमबार, असोज २२, २०७५ खेलपाटी संवाददाता
माछापुच्छ्रे र अन्नपूर्णको काखमा 'क्रिकेट'

काठमाडौं । पोखरा, नेपालको पर्यटकीय गन्तब्य । तर, पोखरालाई चिनाउने अन्य चिनारी पनि छ ।

पर्यटकीय गन्तब्यबाहेक पोखरालाई चिनाउने अर्को चिनारी हो, 'खेलकुद' ।

हो, पोखरा नेपाली खेलकुदको उर्वर भूमि नै हो । साहसिक खेलकुदका लागि होस् या अन्य खेलकुद । पोखरा खेलाडी जन्माउने थलो हो ।

गत महिना इन्डोनेसियामा सम्पन्न एसियन गेम्समा पोखराले जन्माएको साहसिक खेल प्याराग्लाइडिङले नेपाललाई एक मात्र पदक दिलाउन सफल भयो ।

प्याराग्लाइडिङको पुरुष टिमले जितेको रजत पदक नेपालले एसियन गेम्समा पाएको सर्वाधिक ठुलो पदकमध्ये एक हो । यसअघि नेपालले तेक्वान्दोमा मात्र एक रजत जितेको थियो ।

पोखरा प्याराग्लाइडिङले मात्र चर्चित छैन । पोखरा नेपाली फुटबलको लागि उर्वर भुमि समेत हो । नेपाली फुटबलमा पोखराले बसन्त गौचन, अनिल गुरुङ जस्ता लिजेण्ड खेलाडीहरु जन्माएको छ । यस्तै भलिबलकी मन्जु गुरुङ, सिपोरा गुरुङ पोखराले नै जन्माएको हो ।

तर, पछिल्लो समय पोखराले अर्को चिनारी पाएको छ । त्यो हो, पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट । त्यसो त पोखराले करण केसी जस्ता क्रिकेटर जन्माईसकेको छ । तरपनि पोखरेली क्रिकेटले लय समाउन सकिरहेको थिएन ।

आगामी कार्तिक ९ देखि २० गतेसम्म आयोजना हुने पहिलो संस्करणको पीपीएलबाट पोखरेली क्रिकेटले लय समात्ने अपेक्षा गरिएको छ । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले गर्न लागेको पीपीएलसंगै पोखरा क्रिकेटको मुख्य गन्तब्य बन्ने पक्का छ ।

'पीपीएल क्रिकेटले भोलिको दिनमा पोखरा र आसपासको स्थानीय क्षेत्रमा क्रिकेटको क्रेज बढ्नेछ,' क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामाले खेलपाटीसंग भने, 'मुख्यतः यस क्षेत्रको क्रिकेट र समग्र नेपाली क्रिकेट विकासमा यसले टेवा पुर्र्याउनेछ ।'

नेपालका सुन्दर हिमाल माछापुच्छ्रे र अन्नपूर्णको काखमा हुने पीपीएल क्रिकेटमा ६ फ्रेन्चचाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । लिगमा घरेलु टोली पोखरा पल्टनसंगै विराटनगर टाईटन्स,चितवन राइनोज,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी टोलीले मार्की खेलाडी र अक्सनबाट खेलाडी समेत अनुबन्ध गरिसकेको छ ।  यस्तै सबै फ्रेन्चचाइज टोलीले विदेशी खेलाडी समेत राख्नु पर्ने हुन्छ ।  तर, कुनैपनि टोलीले विदेशी खेलाडीको घोषणा गरेको छैन ।

आँखै अगाडी देखिने हिमाल र क्रिकेट खेल्ने मैदान कमै पाइन्छ । यस्तो वातावरणमा खेल्ने मौका पनि कमै खेलाडीले पाउछन् । तर, पीपीएल खेल्ने खेलाडीले यो अवसर पाउने प्रबन्ध निर्देशक लामा बताउछन् ।

'माछापुच्छ्रे र अन्नपूर्णको रेन्च अगाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी खेल्न पाउनेछन्,' प्रबन्ध निर्देशक लामा भन्छन्, 'यस्तो वातावरणमा कमै खेलाडीले खेल्न पाउछन् । त्यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको लागि यो महत्वपूर्ण गन्तब्य बन्नेछ ।'

पीपीएलको लागि पोखरा रंगशाला हातमा रहेको मैदान तयार भईसकेको छ । दशैँ अघिसम्म मैदानको सम्पूर्ण तयारी सकिनेछ । क्विन्सका प्रबन्ध निर्देशक लामाले अस्थाई प्याराफिटबाहेक अन्य काम सकिएको जानकारी दिए ।

'मैदानको पिच निर्माण र आउट फिल्डको कार्य सकिएको छ । मंगलबारबाटै अस्थाई प्याराफिटको काम सुरु हुन्छ । तयारी अन्तिम चरणमा पुगेको छ । दशैँ अगाडी सबै काम सकिन्छ,' प्रबन्ध निर्देशक लामाले भने ।

प्रतियोगिताका लागि भारतबाट क्युरेटर ल्याएर चार वटा पिच निर्माण गरिएको छ । भारतको मुम्बईबाट आएका पिच क्युरेटर सन्तोष सिंहले पिच निर्माण गरेका हुन् ।

प्रतियोगिताका लागि ४ हजार देखि ४५ सय दर्शक अटाउने अस्थाई प्याराफिट बनाउने प्रबन्ध निर्देशक लामाले जानकारी गराए । त्यसबाहेक प्रतियोगिताको लागि आवश्यक पेभेलियन, बाउण्ड्री रोप, स्थायी स्कोरबोर्डको व्यवस्थापन समेत भईरहेको लामाले बताए ।

आयोजकले यस क्रिकेट मैदानलाई वैकल्पिक मैदानको रुपमा स्थापित गराउने योजना समेत बनाएको छ ।  क्विन्सका प्रबन्ध निर्देशक लामाले नेपालमा कम क्रिकेट मैदान रहेको अवस्थामा यस मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल खेलाउन मिल्ने बताए ।

'हामीले यस मैदानलाई एक प्रतियोगिताको लागि मात्र तयार गरेका छैनौ । यहाँको प्रदेश सरकारसंग छलफल गरेर सधै भरी क्रिकेट खेल्न मिल्ने मैदान तयार गरिरहेका छौं,' निर्देशक लामाले थपे, 'नेपालमा अन्तर्राष्ट्रिय खेल खेलाउने भेन्यु कम छ । तर, हामीले यस मैदानलाई वैकल्पिक मैदान बनाउने तयारी गरेका छौं । यहाँको सुन्दर वातावरणमा अन्तर्राष्ट्रिय खेल खेल्न निकै उपयुक्त हुनेछ ।'

तस्विर : पीपीएल

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
आर्सनल भित्रिए जुबिमेन्डी
आर्सनल भित्रिए जुबिमेन्डी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP