कीर्तिपुर नगरव्यापी बास्केटबल : वडा ६ विजयी
आइतबार, भदौ २७, २०७८खेलपाटी संवाददाता

काठमाडौं । वडा ६ ले नवौं कीर्तिपुर नगरव्यापी अन्तर वडा पुरुष-महिला बास्केटबल प्रतियोगिताको महिलामा जित हात पारेको छ ।
वडा ६ ले वडा १० लाई ३६–३१ ले पराजित गर्यो ।
कीर्तिपुर बास्केटबल संघको आयोजनामा कीर्तिपुरको नयाँबजार कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमा वडा ८ ले वडा १० ‘ए’ लाई ६८–६१, वडा ६ ले वडा १० ‘सी’ लाई ४५–३३ र वडा ९ ले वडा ५ लाई ६५–६२ ले हराए ।
प्रतियोगिताको पुरुषमा १२ र महिलामा ५ टिमको सहभागिता रहेको छ ।
लिग कम नकआउट आधारमा भईरहेको प्रतियोगिताको विजेतालाई नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ।







-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


