अन्तर वडा बास्केटबल सुरु
शनिबार, भदौ २६, २०७८खेलपाटी संवाददाता

काठमाडौं । कीर्तिपुर बास्केटबल संघको आयोजनामा कीर्तिपुर नगरव्यापी अन्तर वडा पुरुष÷महिला बास्केटबल प्रतियोगिता शनिबारदेखि कीर्तिपुरको नयाँबजारस्थित कभर्डहलमा सुरु भएको छ ।
प्रतियोगिताको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे ।
प्रतियोगिताको पुरुषमा १२ र महिलामा ५ टिमको सहभागिता रहेको आयोजक संघका अध्यक्ष विकु महर्जनले जनाएका छन् ।
खेल लिग कम नकआउट आधारमा हुने छ । नगद पुरस्कारको पनि व्यवस्था रहेको आयोजकले जनाएको छ।







-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


