काठमाडौं । डेब्यु खेलमै प्रिती राई ‘मोस्ट भ्यालुयबल प्लेयर’ घोषित भएकी छिन् ।
राष्ट्रिय टिमबाट बंगलादेशविरुद्धको खेलमा डेब्यु गरेकी प्रिती पहिलो खेलमै उत्कृष्ट ठहरिएकी हुन् ।
एसियन कप छनोटको तयारीमा रहेको नेपालले बिहिबार बंगलादेशसँग पहिलो मैत्रीपूर्ण फुटबल खेलेको थियो ।
उमेर समूहकी उत्कृष्ट फरवार्ड प्रितीले राष्ट्रिय टिममा सुरुवाती ११ मै रहेर डेब्यु गरेकी थिईन् ।
उनी खेलको मोस्ट भ्यालुयबल प्लेयर चुनिईन् । उनले पुरस्कार स्वरुप २५ हजार रुपैयाँ नगद प्राप्त गरिन् ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र हाम्रो फुटबल नेपाल अध्यक्ष कृष्ण गुरुङ्गले प्रितीलाई पुरस्कृत गरे ।
बंगलादेशविरुद्धको डेब्यु खेलमै प्रितीले गोल गरेकी थिईन् । मुख्य फरवार्ड सावित्रा भण्डारी घाइते भएपछि प्रितीले फरवार्ड लाइनमा अवसर पाएकी हुन् ।
प्रितीकै गोलको सहयोगमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ ले हराएको छ । दोस्रो मैत्रीपूर्ण फुटबल आईतबार हुनेछ ।
एसियन कप छनोटको तयारीमा रहेका दुवै टिम मैत्रीपूर्ण खेलका लागि भिडेका हुन् ।