विलियन : एउटा दु:खद कथाको अन्त्य
२०२१ अगस्ट ३१, मङ्गलबार: ०३:०३ अपराह्नखेलपाटी संवाददाता

काठमाडौं । फुटबलका सबै कथा सुखद हुन्छ भन्ने छैन् । यस्तै एउटा कथा विलियनको पनि रह्यो । उनले भर्खरै आर्सनल छाडेका छन् ।
आर्सनल र यी ब्राजिली खेलाडी दुवैले एक आपसबीचको सहमतीमा अनुबन्ध टुंग्याएका हुन् । विलियनले भर्खरै इन्स्ट्राग्राममा लामो सन्देश छाडेका छन् र आर्सनल समर्थकलाई भनेका छन्, ‘म माफि माग्न चाहन्छुं ।’
विलियन फेरि ब्राजिल नै फर्कने छन् र कोरिन्थिसबाट खेल्नेछन् । खासमा भएको के थियो त ?
त्यसैले उनले भनेका छन्, ‘मैले आफ्नो पूरा खेल जीवन आफूले सक्दो राम्रो गर्ने प्रयास गरें, तर आर्सनलमा किन राम्रो भएन्, मलाई थाहा छैन् । त्यसैले म सबैसँग माफि माग्न चाहन्छुं ।’
विलियन फेरि ब्राजिल नै फर्कने छन् र कोरिन्थिसबाट खेल्नेछन् । खासमा भएको के थियो त ?
सन् २०२० को अगस्टमा उनी चेल्सीबाट आर्सनल गएका थिए, फ्रि–ट्रान्सफरमा । उनले त्यति बेला तीन वर्षको अनुबन्ध गरेका थिए र पारिश्रमिक थियो, साताको दुई लाख पाउन्ड । तर आर्सनल गएयता उनले फिटिक्कै राम्रो खेल्न सकेनन् ।

त्यसैले उनले भनेका छन्, ‘मैले आफ्नो पूरा खेल जीवन आफूले सक्दो राम्रो गर्ने प्रयास गरें, तर आर्सनलमा किन राम्रो भएन्, मलाई थाहा छैन् । त्यसैले म सबैसँग माफि माग्न चाहन्छुं ।’
चेल्सी छाडेर आर्सनल जाँदा उनीमाथि एउटा गम्भीर आरोप लागेको थियो र त्यो थियो, पैसाको लोभी भएको । पैसाकै लागि उनले चेल्सी छाडेर आर्सनल गएको धारणा राख्ने धेरै थिए, विशेषत: पत्रकार ।
अहिले विलियनले त्यो आरोपको पनि उत्तर दिएको छुं भनेर दाबी गरेका छन् । उनका अनुसार पैसाकै लोभ भएको भए, उनी आर्सनलमै रहन्थें र खासै खेल्न नपाए पनि मज्जाले पारिश्रमिक बुझ्थे । तर उनले यस्तो गरेनन्, बरू आर्सनलसँगको अनुबन्ध नै तोडे र ब्राजिल फर्के ।

तय छ, कोरिन्थिसमा उनको तलब इंग्ल्यान्डमा जस्तो हुने छैन्, अझ छेउछाउ पनि पुग्ने छैन् ।
चेल्सी छँदा गज्जब खेलेका विलियन आर्सनलमा त्यस्तै खेल दोहराउन किन असफल रहे भनेर अहिलेका व्यवस्थापक मिखेल आर्टेटाले पनि भन्न सकेका छैनन् ।
–बीबीसीको सहयोगमा ।
चेल्सी छँदा गज्जब खेलेका विलियन आर्सनलमा त्यस्तै खेल दोहराउन किन असफल रहे भनेर अहिलेका व्यवस्थापक मिखेल आर्टेटाले पनि भन्न सकेका छैनन् ।
खासमा फुटबलमा सबै प्रश्नका उत्तर हुँदैन् । विलियनको कथा पनि यस्तै हो, खालि यसको निचोड के भने यसको अन्त्य दु:खद रह्यो ।
–बीबीसीको सहयोगमा ।