काठमाडौं । इटालियन क्लब युभेन्ट्सले स्ट्राइकर मोइज किनलाई अनुबन्ध गरेको छ ।
युभेन्ट्सले प्रिमियर लिग क्लब एभर्टनबाट लोनमा मोइसलाई अनुबन्ध गरेको हो ।
युभेन्ट्सले इटालियन स्ट्राइकरलाई दुई सिजनका लागि लोनमा अनुबन्ध गरिएको जनाएको छ ।
मोइस क्लब छाडेको दुई वर्षपछि युभेन्ट्स फर्किएका हुन् ।
सन् २०१९ मा मोइस युभेन्ट्सबाट प्रिमियर लिग क्लब आएका थिए ।
मोइसले गत सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेलेका थिए ।
पीएसजीका लागि उनले गत सिजन ३६ खेलमा १६ गोल गरेका थिए ।
क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाईटेड जाने भएपछि युभेन्ट्सले मोइसलाई अनुबन्ध गरेको हो ।
२१ वर्षीय फरवार्डले एभर्टनका लागि ३९ खेलमा ४ गोल गरेका छन् ।
इटालीका लागि उनले ९ खेलमा २ गोल गरेका छन् ।