एमबाप्पेको ट्रान्सफर : गाह्रो तर असम्भव होइन
२०२१ अगस्ट ३१, मङ्गलबार: ०३:४९ पूर्वाह्नखेलपाटी संवाददाता

आज मंगलबार रातिबाट यसपल्टको ट्रान्सफर विन्डो सकिंदैछ । एउटा प्रश्न भने ज्युँका त्युँ छ, के केयलिन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर रियल मड्रिड जाने छन् त ? केही साताको छलफल र हल्लापछि अब के लाग्न थालेको छ भने सायद एमबाप्पे रियल जाने छैनन् । त्यसो त अझै पनि रियल यी फ्रान्सेली खेलाडीलाई अनुबन्ध गर्न चाहन्छ ।
अझ रियलको आश मरेको पनि छैन् । तर स्थिति भने पक्कै गाह्रो भएको छ । यसको एउटा अर्को कारण पनि तयार भएको छ र ती हुन्, एडुवार्डो कामाभिन्गाको ट्रान्सफर । यी खेलाडी पीएसजीको नजरमा थिए, तर रियलले उसकै नाकमुनिबाट चोरेर अनुबन्ध गरेको छ । यसले पीएसजीलाई चिढाउने काम मात्र भएको छ । एक प्रकारले पीएसजी झस्किएको छ ।
सबैको नजर त्यसैले पनि आज मध्य रात के हुनेछ, त्यसमै छ । अबका प्रत्येक घण्टा नाटकीय हुन सक्छन् । सोमबार मात्रै रियलको प्रतिनिधिले पीएसजीका माथिल्ला पदका पदाधिकारीलाई भेटेको थियो । तर यो भेटघाटको नतिजा भने सुखद रहेन् । रियल अध्यक्ष फ्लोरेन्टिना पेरेजले अब एमबाप्पेलाई अनुबन्ध गर्ने प्रक्रिया छाडौं पनि भनिसकेका छन् ।
रियलले एमबाप्पेका लागि अब १७ करोड युरो भन्दा बढी तिर्न नसक्ने भनिसकेको छ । यस्तोमा अब सबैले कुर्ने भनेको पीएसजीको जवाफ हो । पीएसजीलाई एउटा डर के छ भने एमबाप्पेसँग उसको अनुबन्ध अर्को वर्ष सकिंदैछ । त्यस्तै भयो भने यिनै एमबाप्पे अर्को सिजन विना कुनै मूल्य उपलब्ध हुन सक्नेछन् ।
एमबाप्पे आफै पनि पीएसजी छाडेर रियल जान चाहन्छन् । लियोनल मेस्सी आएपछि टिममा उनले आफ्नो भूमिका र स्थिति कमजोर हुन सक्ने अनुमान गरेका छन्, जुन स्वभाविक पनि हो । यस्तोमा भन्नै पर्ने हुन्छ, एमबाप्पेको ट्रान्सफर गाह्रो छ, तर अम्भव होइन । हेर्दौ जाऔं, अबको घण्टा घण्टामा के के हुनेछ ।
–मार्काको सहयोगमा ।