काठमाडौं । ब्राजिलियन विंगर विलियनले इंग्लिस क्लब आर्सनल छाडेका छन् ।
नर्थ लण्डन क्लबमा एक सिजन बिताएर विलियनले क्लब छाडेका हुन् ।
३३ वर्षीय विलियनले आर्सनलसँगको सहमतिमै क्लब छाडेका हुन्।
विलियन गत सिजन चेल्सीबाट फ्री ट्रान्सफरमा आर्सनल आएका थिए ।
विलियनले आर्सनलसँग तीन वर्षको सम्झौता गरेका थिए । तर, सम्झौता दुई वर्ष बाँकी रहदै उनले क्लब छाडेका हुन् ।
आर्सनलका लागि उनले ३८ खेलमा १ गोल गरेका थिए ।
विलियन ब्राजिलियन क्लब कोरिनथियन्समा अनुबन्ध हुने छन् । कोरिनथियन्स उनको पूर्व क्लब हो ।
आर्सनल आउनु अघि विलियनले चेल्सीका लागि सन् २०१३ देखि २० सम्म ३ सय ३९ खेल खेलेका थिए ।
उनले चेल्सीका लागि ६३ गोल र ५६ अस्सिट गरेका थिए ।
चेल्सीका लागि विलियन दुई प्रिमियर लिग र एफए कप र युरोपा लिग जितेका थिए ।