काठमाडौं। फ्रान्सेली प्रशिक्षक थिएरी हेनरी बेल्जियम राष्ट्रिय टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।
हेनरी सन् २०२२ को विश्वकप सम्मका लागि बेल्जियम टिमको सहायक प्रशिक्षक नियुक्त भएका हुन् ।
बेल्जियम फुटबलले हेनरीलाई कोचिङ स्टाफ नियुक्त गरिएको जनाएको छ ।
अब हेनरी मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजको सहायकको रुपमा बेल्जियमको टिममा काम गर्ने छन् ।
हेनरी युरोकप फुटबलमा समेत बेल्जियमको सहायक प्रशिक्षक रहेका थिए ।
बीबीसीको फुटबल पण्डितको रुपमा काम गर्दै आएका हेनरी राजीनामा दिएर बेल्जियम टिमको प्रशिक्षक टोलीमा आबद्द भएका हुन् ।
फ्रेन्च क्लब मोनाकोका पूर्व प्रशिक्षक समेत रहेका हेनरीले यस अघि पनि बेल्जियमको सहायक प्रशिक्षक भएर काम गरिसकेका छन् ।
आर्सनलका पूर्व स्ट्राइकर हेनरी २०१६ देखि १८ को विश्वकपसम्म बेल्जियमको सहायक प्रशिक्षक रहेका थिए ।
४४ वर्षीय हेनरीले मोनाकोबाट बर्खास्तमा परेपछि अमेरिकी मेजर लिग क्लब मोन्टरियलको मुख्य प्रशिक्षक भएर काम गरेका थिए ।