काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम आज सोमबार नेपाल आईपुग्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतीय टिम सोमबार दिउँसो नेपाल आईपुग्ने जनाएको छ। भारतीय टिम दिउँसो ३:४५ बजे काठमाडौं ओर्लने छन् ।
मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।
भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा हो ।
भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ।
मैत्रीपूर्ण खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।