काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले दोस्रो जित निकालेको छ।
आइतबार राति भएको खेलमा गेटाफेलाई २-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले दोस्रो जित निकालेको हो।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन सेर्जी रोबर्टो र मेम्फिस डिपेले एक एक गोल गरे ।
गेटाफेका सान्ड्रो रामिरेजले एक गोल फर्काए।

खेलको दोस्रो मिनेटमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए।
१८ औं मिनेटमा सान्ड्रोले गोल गर्दै गेटाफेलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ३० औं मिनेटमा डिपेले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।
जितसँगै बार्सिलोनाले ३ खेलमा ७ अंक जोडेको छ । बार्सिलोना चौंथो स्थानमा रहेको छ ।
गेटाफेको यो लगातार तेस्रो हार हो । गेटाफेले अंक जोड्न सकेको छैन ।
