काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले लगातार तेस्रो जित निकालेको छ।
आइतबार भएको खेलमा वाट्फोर्डलाई १-० गोल अन्तरले पराजित गर्दै टोटेनहमले तेस्रो जित निकालेको हो।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे।
सनले खेलको ४२ औं मिनेटमा फ्रिकिकबाट गोल गरेका थिए ।

यस जितसँगै टोटेनहम लिगको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहमले ३ खेलमा शतप्रतिशत जितसहित ९ अंक जोडेको छ ।
वाट्फोर्डले ३ खेलमा ३ अंक जोडेको छ।
बर्नलीका क्रिस उडले गोल गरे। लिड्सका प्याट्रिक बामफोर्डले बराबरी गोल फर्काए।
