काठमाडौं । इटालियन सिरी ए फुटबलमा लाजियोले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लाजियोले स्पेजियालाई ६-१ गोल अन्तरले पराजित गरेको हो।
१० खेलाडीमा समेटिएको स्पेजियाविरुद्ध लाजियोका सिरो इमोबाइलले ह्याट्रिक गोल गरे।
यस्तै फिलिपे एण्डरसन, एल्सिद ह्यसाज र लुइस अल्बर्टोले एक एक गोल गरे।
स्पेजियाका डानिले भेर्डेले एक गोल फर्काए।

यस्तै खेलको दोस्रो हाफमा केल्भिनले रातो कार्ड पाएपछि स्पेजिया १० खेलाडीमा समेटिएको थियो।
यससँगै लाजियोले लगातार दोस्रो जित निकालेको छ। लाजियो अंक तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ।
लाजियोले २ खेलमा ६ अंक जोडेको छ।
स्पेजिया १ अंक जोडेर १५ औं स्थानमा रहेको छ।