काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल १० खेलाडीमा समेटिएको चेल्सीसँग बराबरीमा रोकिएको छ।
शनिबार राति भएको खेलमा लिभरपुल चेल्सीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
एनफिल्डमा मोहमद सलाहले पेनाल्टीबाट गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो ।
खेलको २२ औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

तर, पहिलो हाफको इन्जुरी समयमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए।
चेल्सीका डिफेन्डर रिस जेम्सले पेनाल्टी क्षेत्रभित्र हातले बल रोकेपछि लिभरपुलले पेनाल्टी पाएको थियो।
यस्तै रेफ्रीले जेम्सलाई रातो कार्ड दिदै मैदानबाट बाहिर समेत पठाएका थिए । जेम्सले साडियो मानेको प्रहार गोललाइनबाट हातको सहाराले बल क्लियर गरेका थिए।

यस बराबरीसँगै लिभरपुलले ३ खेलमा ७ अंक जोडेको छ। लिभरपुल तालिकाको तेस्रो स्थानमा रहेको छ।
चेल्सीले पनि ३ खेलमा ७ अंक जोडेको छ । चेल्सी अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।