काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले नर्विच सिटीलाई पराजित गरेको छ।
शनिबार राति भएको खेलमा लेस्टरले नर्विचलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
लेस्टरको जितमा जेमी भार्डी र मार्क अल्ब्राइटनले एक एक गोल गरे।
नर्विचका टिमु पुकीले एक गोल फर्काए।
यस जितसँगै लेस्टरले ३ खेलमा ६ अंक जोडेको छ।
नर्विचको यो लगातार तेस्रो हार हो।

प्रिमियर लिग अन्तर्गत नै साउथह्याम्पटनले न्युकासल युनाईटेडसँग २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन्।
यस्तै एस्टन भिल्ला र ब्रेन्टफोर्डले १-१ गोलको बराबरी खेलेका छन्।
