एभर्टनको सहज जित
२०२१ अगस्ट २८, शनिबार: ०३:४५ अपराह्नखेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले सहज जित निकालेको छ।
शनिबार राति भएको खेलमा एभर्टनले ब्राइटनलाई २-० गोल अन्तरले पराजित गरेको हो।
एभर्टनलाई जित दिलाउन डीमाराइ ग्रे र डोमिनिक काल्भर्ट लेविनले एक एक गोल गरे।
ब्राइटनको मैदानमा खेलको ४१ औं मिनेटमा ग्रेले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ५८ औं मिनेटमा लेविनले पेनाल्टीमा गोल गर्दै एभर्टनलाई २-० को जित दिलाए।
जितसँगै एभर्टन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। एभर्टनले ३ खेलमा ७ अंक जोडेको छ।
ब्राइटनले ३ खेलमा ६ अंक जोडेको छ। ब्राइटन अंक तालिकाको सातौं स्थानमा रहेको छ।
वेस्ट ह्याम युनाईटेड तालिकाको शीर्ष स्थानमा रहेको छ।
वेस्ट ह्यामले ३ खेलमा ७ अंक जोडेको छ।
शनिबार वेस्ट ह्यामले क्रिस्टल प्यालेससँग २-२ गोलको बराबरी खेल्दै अंक बाडेको छ।