काठमाडौं । गोलकिपर सुर्य अधिकारीले मछिन्द्र क्लबसँगको सम्झौता नवीकरण गरेका छन्।
मछिन्द्रले शनिबार सामाजिक सञ्जालमार्फत सुर्यले सम्झौता नवीकरण गरेको जनाएको छ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि सुर्यको सम्झौता थप गरेको हो।
नयाँ सिजनको ए डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ।
मछिन्द्रले अघिल्लो संस्करणको 'ए' डिभिजन लिग जितेको थियो । जुन मछिन्द्रको पहिलो 'ए' लिग उपाधि हो।

मछिन्द्रले पहिलो पटक शीर्ष डिभिजनको लिग जित्दा सुर्य टिममा रहेका थिए।
सुर्य मछिन्द्रको दोस्रो रोजाईका गोलकिपर हुन्।
मछिन्द्रले नियमित गोलकिपर विशाल श्रेष्ठसँग समेत सम्झौता नवीकरण गरिसकेको छ।
यस्तै मछिन्द्रले यस अघि मिडफिल्डर विशाल राई, डिफेन्डर देवेन्द्र तामाङ, रञ्जित धिमाल, फरवार्ड रेजिन सुब्बा, मिडफिल्डर सुजल श्रेष्ठ र अभिषेक रिजालसँगको सम्झौता नवीकरण गरेको थियो ।
त्यस्तै मनिष डाँगीलाई अनुबन्ध गरेको छ ।