काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले मिडफिल्डर विल ह्युजलाई अनुबन्ध गरेको छ।
क्रिस्टलले प्रिमियर लिग प्रतिद्वन्दी क्लब वाट्फोर्डबाट ह्युजलाई अनुबन्ध गरेको हो।
२६ वर्षीय मिडफिल्डरले क्रिस्टलसँग ३ वर्षको सम्झौता गरेका छन्।
ह्युज सन् २०१७ मा डर्बी काउन्टीबाट वाट्फोर्ड आएका थिए।
वाट्फोर्डका लागि ह्युजले १ सय ७ प्रिमियर लिग खेलमा ७ गोल गरेका छन्।
ह्युजले इंग्ल्यान्डको यू-२१ टोलीबाट खेलिसकेका छन्।
