काठमाडौं । प्रिमियर लिग क्लब लिड्स युनाईटेडले युवा डिफेन्डर लियो हेजेल्डेलाई अनुबन्ध गरेको छ।
लिड्सले १८ वर्षे डिफेन्डरलाई सेल्टिकबाट अनुबन्ध गरेको हो।
नर्वेका डिफेन्डर लियोले लिड्ससँग चार वर्षको सम्झौता गरेका छन्।
लियो २०२५ सम्म लिड्समा रहने छन्।
लियोले सेल्टिकको सिनियर टिमबाट खेलेका थिएनन्।
तर, गत सिजन उनले रोस काउन्टीबाट लोनमा १२ खेल खेलेका थिए।
लिड्सले लियोले अब टिमको यू-२३ टोलीबाट खेल्ने जनाएको छ।
