काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु मैदान इतिहाद स्टेडियम बाहिर भिन्सेन्ट कोम्पनी र डेभिड सिल्भाको सालिक स्थापना गरेको छ।
सिटीले पूर्व कप्तान तथा डिफेन्डर कोम्पनी र मिडफिल्डर सिल्भाको सम्मानमा घरेलु मैदान बाहिर सालिक निर्माण गरेको हो। सिटीले शनिबार सालिकको अनावरण गरेको छ।
सिटीले प्रिमियर लिग अन्तर्गत आर्सनलविरुद्धको खेल अघि सालिक अनावरण गरेको हो । सिटीले आज घरेलु मैदानमा आर्सनलसँग प्रतिस्पर्धा गर्दैछ।

बेल्जियमका डिफेन्डर कोम्पनी हाल बेल्जियमको क्लब एण्डरलेच्टको प्रशिक्षक रहेका छन्।
कोम्पनीले सिटीबाट चार प्रिमियर लिग, दुई एफए कप, चार लिग कप र दुई कम्युनिटी सिल्डको उपाधि जितेका थिए।
कोम्पनीले सिटीबाट ३ सय ६० खेलमा २० गोल गरेका थिए।
स्पेनिस मिडफिल्डर सिल्भा हाल स्पेनिस क्लब रियल सोसीडाडबाट खेलिरहेका छन्।
उनले सिटीका लागि चार प्रिमियर लिगको उपाधि, दुई एफ ए कपको उपाधि र चार लिग कपको उपाधि जितेका छन्।
उनले सिटीबाट ३ सय ९ प्रिमियर लिग खेल खेल्दै ६० गोल गरेका थिए ।

