एजेन्सी । म्यान्चेष्टर युनाईटेडले इडिन्सन काभानीलाई नबेच्ने भएको छ ।
क्रिस्टियानो रोनाल्डोलाई क्लबमा फर्काएको युनाईटेडले काभानीलाई आफैसंग राख्ने भएको हो ।
युनाईटेडले युभेन्ट्ससंग समझदारी गर्दै रोनाल्डोलाई ओल्डट्राफोर्ड फर्काएको थियो । अब रोनाल्डोले ओले गुनर सोल्सायरको टिमको नेतृत्व गर्नेछन् ।
म्यान्चेष्टरबाट प्रकाशित समाचारका अनुसार काभानी बेच्ने क्लबको कुनै मनसाय नरहेको बताईएको छ ।
रोनाल्डो सुरुवातमा म्यान्चेष्टर सिटीसंग जोडिएका थिए । तर उनी १९ दशमलव ४ मिलियन पाउण्डमा युनाईटेडमा पुन आबद्ध भएका छन् ।
कोपा अमेरिकामा उरुग्वेबाट खेलेका र त्यसपछि व्यक्तिगत कारणले काभानीले यस सिजन युनाईटेडबाट खेलेका छैनन् ।
गत सिजन सकिएपछि काभानीले युनाईटेडसंग एक वर्षको सम्झौता थप गरेका थिए ।
उनले पहिलो वर्ष क्लबका लागि ३९ खेलमा १७ गोलको योगदान गरेका थिए ।
रोनाल्डोको आगमनले काभानीलाई वैकल्पिक खेलाडीको रुपमा धेरै बिताउनुपर्ने देखिन्छ । दुई अनुभवी आक्रमक खेलाडी संगै खेल्ने सम्भावना पनि उस्तै छ । तर सबै कुरा मुख्य प्रशिक्षक सोल्सायरको रणनीतिमा भर पर्नेछ ।
काभानी युनाईटेडसंग प्रशिक्षणमा फर्किएका छन् । आईतबार उल्भ्सको लागि खेल्ने टिममा उनी रहन सक्छन् ।