काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले डिर्पोटिभो अलाभेसलाई ३-० गोल अन्तरले पराजित गरेको छ।
घरेलु मैदानमा भ्यालेन्सियालाई जित दिलाउन ड्यानियल वास, कार्लोस सोलेर र गोन्कालो गुइडेसले एक एक गोल गरे।
जितसँगै भ्यालेन्सिया तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। तीन खेलमा अपराजित भ्यालेन्सियाले ७अंक बनाएको छ।
समान सात अंक बनाएको मालोर्का दोस्रो स्थानमा उक्लिएको छ । मालोर्का गोल अन्तरका आधारमा पछाडि छ ।
मालोर्काले स्पानियोललाई १-० गोल अन्तरले हराएको थियो।
मालोर्कालाई जिताउन डानियल रोड्रिग्वेजले निर्णायक गोल गरे।