काठमाडौं । सन् २००३ देखि २००७ सम्म क्रिस्टियानो रोनाल्डो र ओले गन सोल्सार साथी खेलाडी थिए ।
म्यानचेस्टर युनाइटेडका लागि सँगसँगै खेले । सोल्सार अहिले म्यानचेस्टरका व्यवस्थापक छन् । अनि तिनै रोनाल्डोले भने यही प्रसिद्ध क्लबमा स्वप्निल पुर्नआगमन गरेका छन् । क्लबको घरेलु मैदान हो, ओल्ड ट्रायफोर्ड ।
यसलाई ‘थिएटर अफ ड्रिम्स’ पनि भनिन्छ । यहीं रोनाल्डोले कुनै समय केही जादुयी प्रदर्शन गरेका थिए ।
पोर्चुगाली ३६ वर्षीय सुपर स्टारले अब फेरि एकपल्ट यहीं यस्तै खेल प्रदर्शन गर्ने मौका पाएका छन् । उनले म्यानचेस्टरमा रहेको बेला एकपल्ट युरोपेली च्याम्पियन्स लिग, तनि पल्ट प्रिमियर लिग, एकपल्ट एफएकप र दुई पल्ट लिगकप जिते ।

छ वर्षको सम्झनालायक बसाइपछि उनी रियल मड्रिड गए, आठ करोड पाउन्ड मूल्यमा, आफ्ना मेन्टर एलेक्स फर्गुसनलाई छाडेर ।
यो सन् २००९ को कुरा भयो । रोनाल्डोको पुर्नआगमनले सबैभन्दा खुसी कोही छन् भने ती पक्कै पनि सोल्सार होला । तर यसले यी नर्वेली फुटबल प्रशिक्षकबाट चर्को दबाब पनि सिर्जना गरेको छ ।
अझ भावनात्मक रूपमा भन्दा रोनाल्डोको आगमनले सोल्सारमाथि तरवार पो तेर्सिएको छ । अहिलेसम्म उनले म्यानचेस्टरका रूपमा केही पनि जित्न सकेका छैनन् ।
यस्तोमा उनीमाथि टिममा रोनाल्डो जस्ता खेलाडी आएपछि उपाधि जिताएर देखाउने चुनौती निकै धेरै भएको छ । रोनाल्डो आफै पनि उपाधि भनेपछि लोभी छन् ।

अहिले पनि उनको उद्देश्य पनि त म्यानचेस्टरका लागि उपाधि जित्ने नै हुनेछ । यस्तोमा रोनाल्डो र सोल्सारबीच मीठो साझेदारी हुनु नै पर्छ । खासमा दबाबमा सोल्सार मात्र पनि छैनन्, रोनाल्डो आफै पनि छन् ।
यसअघिको क्लब युभेन्ट्समा उनको प्रदर्शन खासै त्यस्तो रहेन्, जसका लागि उन चिनिन्थे । सायद दबाबको तलवार रोनाल्डोमाथि पनि तेर्सिएको छ ।
–बीबीसीको सहयोगमा ।