काठमाडौं । फुलहमका स्ट्राइकर एलेक्सान्डर मिट्रोभिचले सम्झौता नवीकरण गरेका छन् ।
च्याम्पियनसिप क्लब फुलहमले स्ट्राइकर मिट्रोभिचले सम्झौता नवीकरण गरेको जनाएको छ ।
फुलहममा थप पाँच वर्ष बस्ने गरि मिट्रोभिचले सम्झौता नवीकरण गरेका छन् ।
उनी २०२६ सम्म फुलहममा रहने छन् ।
२६ वर्षीय सर्बियन मिट्रोभिच २०१८ मा फुलहम आएका थिए ।
मिट्रोभिचले फुलहमका लागि १ सय बढी खेल खेलेका छन् । यस्तै उनले क्लबका लागि ५६ गोल गरिसकेका छन् ।
सर्बियाका लागि उनले ६४ खेलमा ४१ गोल गरेका छन् ।
