सोमबार, असोज १३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

म्यानचेस्टर युनाईटेड फर्किए रोनाल्डो

२०२१ अगस्ट २७, शुक्रबार: ०४:०७ अपराह्नखेलपाटी संवाददाता

म्यानचेस्टर युनाईटेड फर्किए रोनाल्डो
Classic Tech Internet Ad

एजेन्सी । म्यानचेस्टर युनाईटेडले क्रिस्टियानो रोनाल्डो क्लबमा फर्कने पक्का भएको जनाएको छ ।

युनाईटेडले क्लबका लिजेण्ड खेलाडी रोनाल्डो ओल्ड ट्राफोर्ड फर्कने विषयमा सहमती बनेको बताएको छ ।

युनाईटेडले रोनाल्डोलाई क्लब फर्काउने विषयमा युभेन्ट्ससंग सहमती गरेकाे छ । 

'क्लबको सबै जना क्रिस्टियानोलाई म्यानचेस्टरमा स्वागत गर्नका लागि उत्सुक छन् ।' युनाईटेडले आधिकारिक रुपमा लेखेको छ ।

युनाईटेडले रोनाल्डोसंग दुई वर्षको सम्झौता गर्ने बताईएको छ । बिहिबार मात्रै मेडिकल गरेपछि उनी युभेन्ट्स छाड्ने पक्का भएको थियो ।

युनाईटेडको शहरी प्रतिद्धन्दी म्यान्चेष्टर सिटीले समेत रोनाल्डो अनुबन्ध गर्न चाहेको थियो । तर युनाईटेडलेनै इच्छा देखाएपछि सिटी पछि हटेको हाे ।

युनाईटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले पोर्चुगिज सहकर्मी ब्रुनो फर्नान्डेजले रोनाल्डोको भविष्यको विषयमा कुराकानी गरिरहेको बताएका थिए ।

युनाईटेडलेनै रोनाल्डोलाई पोर्चुगलको स्पोर्टिङ लिस्वोनबाट ईङ्ल्याण्ड ल्याएको थियो ।

रोनाल्डोले युनाईटेडमा ६ सिजन बिताएका थिए । सो समय उनले तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफ ए कप जिताएका थिए ।

उनले युनाईटेडलाई फिफा क्लब विश्वकपदेखि कम्युनिटी सिल्ड समेत जिताए । सर एलेक्स फर्गुसनको नेतृत्वमा रोनाल्डोले युनाईटेडमा अद्भुत प्रर्दशन गरेका थिए ।

रोनाल्डोले पूर्व क्लब फर्कने कुनै सम्भावना नरहेको बताएका थिए । तर युनाईटेडले अन्तिममा रोनाल्डोलाई क्लब फर्काउन सफल भएको छ ।

पाँच पटकका वालेन डी ओर विजेता खेलाडी रोनाल्डोले करियरमा ३० मुख्य उपाधि जितेका छन् । उनले पाँच युईएफए च्याम्पियन्स लिगका साथै चार फिफा क्लब विश्वकप र सात वटा लिग इङ्ल्याण्ड, स्पेन र ईटालीबाट जितेका छन् ।

उनले देशका लागि युरो कप समेत उचालेका छन् ।

उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । उनी तत्कालिन समयमा कीर्तिमानी मुल्यमा स्पेनिस क्लब रियल मड्रिड गएका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोड्रीलाई पुन: समस्या

रोड्रीलाई पुन: समस्या

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

रियललाई उछिन्दै बार्सिलोना शीर्ष स्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्ष स्थानमा

Bajaj Pulsar Motorcycle Ad
नन्दनलाई विश्राम, आदिललाई मौका

नन्दनलाई विश्राम, आदिललाई मौका

अमोरिमले युनाइटेडलाई सुधार्न सक्दैनन् : रुनी

अमोरिमले युनाइटेडलाई सुधार्न सक्दैनन् : रुनी

रोड्रीलाई पुन: समस्या

रोड्रीलाई पुन: समस्या

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

भारत र पाकिस्तानले एसिया कपको पारिश्रमिक सेना र पीडित दिने भए

भारत र पाकिस्तानले एसिया कपको पारिश्रमिक सेना र पीडित दिने भए

एसिया कप जितेको भारतले पाएन ट्रफी !

एसिया कप जितेको भारतले पाएन ट्रफी !

नेपाललाई एक खेलअगाबै सिरिज जित्ने अवसर

नेपाललाई एक खेलअगाबै सिरिज जित्ने अवसर

रियललाई उछिन्दै बार्सिलोना शीर्ष स्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्ष स्थानमा