एजेन्सी । क्रिस्टियानो रोनाल्डो अनुबन्ध गर्ने दौडबाट म्यान्चेष्टर सिटी पछि हटेको छ । सिटीले यस समर ट्रान्सफरमा रोनाल्डोलाई नकिन्ने बताएको छ ।
रोनाल्डो अनुबन्धको दौडबाट सिटी पछि हटेपछि शहरी प्रतिद्धन्दी म्यान्चेष्टर युनाईटेड पोर्चुगिज खेलाडी फर्काउने अभियानको एक्लो खेलाडी बनेको छ ।
भर्खरै मात्र म्यान्चेष्टर युनाइटेड क्रिस्टियानो रोनाल्डो अनुबन्धको दौडमा मिसिएको थियो ।
शहरी प्रतिद्धन्दी म्यान्चेष्टर सिटीले रोनाल्डो अनुबन्धको दौड सुरुवात गरेको थियो । युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले पोर्चुगिज खेलाडीले इटाली छाड्ने खुलासा गरे लगत्तै युनाइटेड रोनाल्डोको दौडमा आएको हो ।
युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले भनेका छन्, ‘युनाइटेडका लिजेण्डलाई क्लबमा स्वागत गर्नेछ ।’
यसले युनाइटेड रोनाल्डोका एजेन्ट जर्ज मेन्डिससंग सम्पर्कमा रहेको देखाएको छ । युनाइटेड क्लबका पूर्व लिजेण्ड खेलाडीलाई पुन अनुबन्ध गर्न चाहन्छ । स्पोर्टिङ लिस्वोनबाट युनाइटेडलेनै रोनाल्डोलाई इङ्ल्याण्डमा उतारेको थियो ।
युवा अवस्थामा युनाइटेड आएका रोनाल्डोले ओल्डट्राफोर्ड क्लबमा ६ सिजन बिताए । उनी सन् २००९ मा कीर्तिमानी मुल्य ८० मिलियन पाउण्डमा रियल मड्रिड गएका थिए ।
सिटीले ३६ वर्षिया फरवार्डका लागि औपचारिक प्रस्ताव गरेको थिएन तर तर सोल्सायरले ६ पटकका वालेन डी ओर विजेता खेलाडीलाई अनुबन्ध गर्न प्रयास गर्ने स्पष्ट पारेका छन् ।
‘मैले सोचेका थिएन, उनी युभेन्ट्स छाडेर बाहिर निस्कनेछन् । र यदी यो आजको बिहानको अनुमान हो भने पछिल्लो दिनको समेत अटकल हो ।’ सोल्सायरले भने, ‘हाम्रो निकै राम्रो संवाद हुन्छ । मलाई थाहा छ, ब्रुनोले समेत उनीसंग कुरा गरिरहेका छन् । उनी समेतलाई थाहा छ, हामी उनको बारेमा के महशुश गर्छौ । यदी उनी कतै युभेन्ट्सबाट टाढा जानेवाला थिए भने उनलाई थाहा छ, हामी यहाँ छौं ।’
‘हामी उनीहरुमाथि ध्यान केन्द्रित गर्छौ, जो यहाँ छन् । प्रेसमा उहाँ के भईरहेको छ, म धेरै अनुमान लगाउन चाहदैन । मैले कति पटक भनेको छु, जब तिमी म्यान्चेष्टर युनाइटेडमा हुन्छौ, जब तिमी मेस्सी हुन्छौं, जब तिमी रोनाल्डो हुन्छौं, जब तिमी पोग्बा हुन्छौं, तब तिमीले आफ्नो बारेमा धेरै पढ्न पर्छ । हेर्नुछ, रोनाल्डोको बारेमा के हुनेछ । उनी यस क्लबमा लिजेण्ड हुन् ।’ सोल्सायरले भनेका छन् ।