काठमाडौं । आरसी-३२ फुटबल एकेडेमीले सहिद स्मारक 'सी' डिभिजन लिग छनौट प्रतियोगिता विजयी सुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा भारसिटी फुटबल क्लबलाई ८-० गोल अन्तरले पराजित गर्दै आरसी-३२ ले सुखद सुरुवात गरेको हो ।
आरसी-३२ को फराकिलो जितमा बबिन बोहराले ह्याट्रिक गरे । म्यान अफ दि म्याच बनेका उनले तीन असिस्ट समेत गरे ।
यस्तै विवेक सन्तोषीले दुई गोल गर्दा सनम लिम्बु, आशिष लावती र जीवन राइमाझीले एक एक गोल गरे ।

यस्तै दोस्रो खेलमा वेस्ट काठमाडौं फुटबल क्लब र मेहल कुना फुटबल क्लबले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
वेस्ट काठमाडौंका राजु गुरुङ र रितेश क्षेत्रीले एक एक गोल गरे ।
मेहल कुनाका विजय रोकाया र खगेन्द्र नेपालीले एक एक गोल गरे ।
छनौट प्रतियोगितामा ७८ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
'सी' छनौटबाट तीन टिम 'सी' डिभिजनमा बढुवा हुनेछन् ।