कासिमिरोद्वारा सम्झौता नवीकरण
शुक्रबार, ११ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका डिफेन्सिभ मिडफिल्डर कासिमिरोले सम्झौता नवीकरण गरेका छन्।
ला लिगा क्लबले शुक्रबार ब्राजिलियन मिडफिल्डरले सम्झौता नवीकरण गरेको जनाएको छ।
सम्झौता नवीकरणसँगै कासिमिरो सन् २०२५ को जुन ३० सम्म रियलमा बस्ने छन्।
२९ वर्षीय कासिमिरो सन् २०१३ मा रियल आएका थिए।
उनले रियलका लागि २ सय ८८ खेलमा ३० गोल गरेका छन् ।
कासिमिरोले रियलबाट दुई ला लिगा, ४ च्याम्पियन्स लिग, कोपा डेल रे, सुपर कोपा, यूईएफए सुपर कप, क्लब विश्वकप लगायत १४ उपाधि जितिसकेका छन्।
ब्राजिलका कप्तान समेत रहेका कासिमिरोले यस सिजन रियलका लागि दुई खेल खेलिसकेका छन्।
कासिमिरोले ब्राजिलका लागि ५६ खेलमा ४ गोल गरेका छन् ।






-1775916660994.webp&w=3840&q=75)





-1775884046825.webp&w=3840&q=75)