काठमाडौं । यूईएफए युरोपा लिग फुटबलको समूह चरणको समूह विभाजन सार्वजनिक भएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार समूह विभाजन सार्वजनिक गरेको हो ।
यूईएफएले सहभागी ३२ क्लबलाई ८ समूहमा राखेर समूह विभाजन गरेको छ ।
इंग्लिस क्लब लेस्टर सिटी इटालियन क्लब नापोली रहेको समूह 'सी' मा परेको छ ।
यस्तै वेस्ट ह्याम समूह एचमा रहेको छ ।
