काठमाडौं । स्पेनिस क्लब भिल्ला रियलका स्ट्राइकर जेरार्ड मोरेनोले युरोपा लिगको प्लेयर अफ दि सिजन अवार्ड प्राप्त गरेका छन्।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार मोरेकोलाई प्लेयर अफ दि सिजन घोषित गरेको हो।
गत सिजन भिल्लाले युरोपा लिगको उपाधि जित्दा मोरेनोले उत्कृष्ट प्रदर्शन गरेका थिए।
स्पेनिस फरवार्ड मोरेनोले गत सिजनको युरोपा लिगमा १२ खेलमा ७ गोल गरेका थिए।
गत सिजन उनले क्लबका लागि ३० गोल गरेका थिए।
स्पेनका लागि उनले १६ खेलमा ५ गोल गरेका छन्।
