काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग छनौट प्रतियोगिता आजबाट सुरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पहिलो दिन दुई खेल हुदैछ।
उद्घाटन खेलमा च्याम्पियन्स बोइज एफसी र सतासीधाम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ ।
दोस्रो खेलमा एफसीएस एस र गोदावरी युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ३:३० बजे सुरु हुनेछ ।
छनौट प्रतियोगितामा ७८ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
'सी' छनौटबाट तीन टिम 'सी' डिभिजनमा बढुवा हुनेछन् ।