काठमाडौं । साफ यु-१८ फुटबल च्याम्पियनसिपमा सेमिफाईनलको पहिलो खेलमा नेपालले भारतलाई पराजित गरेको छ । सो खेलको 'वुमन अफ दी म्याच' रश्मीकुमारी घिसिङ बनेकी छिन् । खेल अवधिभर भारतको डिफेन्स लाईनलाई दबाबमा राख्ने रश्मीले उत्कृष्ट प्रर्दशन गरिन् ।
उनले पहिलो हाफमै गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिईन् ।
उनले खेलको १६ औ मिनेटमा गोल गरेकी थिईन् । त्यसपछि भारतले ६३ औ मिनेटमा बराबरी गोल फर्काएको थियो । त्यसमा भारतकी समिक्षाले गोल गरेकी थिईन् ।
खेलपछि वुमन अफ दी म्याच रश्मीले नेपालले सेमिफाईलनमा उत्कृष्ट प्रर्दशन गरेको बताईन् । पहिलो हाफमै गोल गर्न सफल भएको बताउदै उनले बंगलादेशलाई फाईनलमा जित्ने विश्वास व्यक्त गरिने ।
‘नेपालले राम्रो खेल्यो । पहिलो हाफमै गोल गर्न सफल भयो । अब बंगलादेशलाई फाईनलमा जिन्छौ ।’ उनले भनिन् ।