काठमाडौं । भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र भारतले अहिले प्रतिस्पर्धा गरिरहेको छ ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा जारी खेलमा नेपालविरुद्ध भारतले बराबरी गोल फर्काएको छ । पहिलो हाफमा १ - ० ले पछि परेको भारतले दोस्रो हाफमा बराबरी गरेको हो ।
भारतकी समिक्षाले ६३ औं मिनेटमा हेडबाट बराबरी गोल फर्काएकी हुन् । यसअघि रश्मी कुमारी घिसिङको गोलबाट नेपालले सुरुवाती अग्रता बनाएको थियो । घिसिङले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।