एजेन्सी । प्रि-सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेडले एभर्टनलाई पराजित गरेको छ ।
शनिबार भएको खेलमा युनाईटेडले एभर्टनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन मासन ग्रीनउड, ह्यारी मग्वाएर, ब्रुनो फर्नान्डेज र डिएगो डालोटले एक एक गोल गरे ।

खेलको आठौं मिनेटमा ग्रीनउडले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको १५ औं मिनेटमा मग्वाएरले हेडमार्फत गोल गर्दै युनाईटेडको अग्रता २-० को बनाए ।
खेलको २९ औं मिनेटमा ब्रुनोले फ्रिकिकबाट गोल गर्दै युनाईटेडलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा डालोटले गोल गर्दै युनाईटेडलाई ४-० को जित दिलाए ।
