बार्सिलोनाले पीएसजीलाई सकेन
२०२५ अक्टोबर २, बिहिबार: ०४:०७ पूर्वाह्नAdmin User

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले बार्सिलोनालाई हराएको छ ।
बुधबार राति समूह चरणको खेलमा पीएसजीले बार्सिलोनालाई २–१ ले हराएको हो ।
घरेलु टोली बार्सिलोनाले फेरान टोरेसको गोलमा खेलमा सुरुवाती अग्रता बनाएको थियो । पीएसजीका सन्नी मायुलाले पहिलो हाफको नजिकमा पाहुना टोलीलाई बराबरीमा ल्याए ।
खेलको अन्तिम मिनेटमा गोन्कालो रामोसले पीएसजीका लागि विजयी गोल गरे ।
अन्य खेलहरुमा अर्को फ्रान्सेली म्यानचेस्टर सिटीसँग २–२ गोलको बराबरी खेल्दा इङ्लिस क्लब आर्सनलले ओलम्पियाकोसलाई २–० ले हरायो ।
जर्मन क्लब बोरुसिया डर्टमण्डले एटलेटिको क्लबमाथि ४–१ को शानदार जित निकाल्दा युभेन्ट्स र भिल्ला रियलले २–२ गोलको बराबरी खेले ।