काठमाडौं । नवलपरासीको भैरव स्पोर्ट्स क्लबले सहिद स्मारक 'सी' डिभिजन लिग छनौट प्रतियोगिता खेल्ने भएको छ ।
छनौट प्रतियोगिताका लागि भैरवले अखिल नेपाल फुटबल संघ (एन्फा) मा टिम दर्ता गरेको छ ।
क्लबका अध्यक्ष अन्जन अधिकारीले छनौट प्रतियोगिताका लागि २५ खेलाडी अनुबन्ध गरिएको समेत जानकारी गराए । उनले टिमको तयारी समेत पूरा भएको बताए ।
'सी' डिभिजन लिग छनौट भदौमा आयोजना हुनेछ ।
एन्फाले 'सी' डिभिजन छनौट भदौ १ गतेबाट सुरु हुने जनाएको छ ।
'सी' छनौटबाट तीन टिम 'सी' डिभिजनमा बढुवा हुनेछन् ।