एजेन्सी । प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसका डिफेन्डर नेथानियल क्लाइनले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
राइट ब्याक नेथानियलले थप एक वर्ष क्लबमा बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् ।
३० वर्षीय डिफेन्डर सन् २०२० मा लिभरपुलबाट क्रिस्टल आएका थिए ।
नेथानियलले गत सिजन १३ प्रिमियर लिग खेल खेलेका थिए ।
इंग्ल्यान्डका पूर्व डिफेन्डरले क्रिस्टलका लागि यस अघि २००८ देखि १२ सम्म खेलेका थिए ।
त्यसपछि उनी साउथह्याम्पटन हुँदै लिभरपुल पुगेका थिए ।
यस्तै क्रिस्टल प्यालेसले टिमको सहायक प्रशिक्षकमा ओसियन रोबर्ट्सलाई अनुबन्धित गरेको छ ।